झापामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३८ वर्षीय एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बरथवा नगरपालिका-२ हजरियाका ३८ वर्षीय गंगा मगर रहेको प्रहरीले जनाएको छ ।
झापाको बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्दै आएका उनले बालिकालाई बलात्कार गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।