बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर चालक भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको छ ।
।
आज बिहान करिब पौने चार बजे ग्यास बुलेटलाई बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएर घाइते घाइते भएका थिए ।
आज बिहान करिब पौने चार बजे तिर ग्यास बुलेटमा च्यापिएर घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । चालक राजवंशीको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।