सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरूले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका छन् ।
आत्मसमर्पण गरेका सवै लडाकूहरू कारागारमा राखिएका थिए । यही जनवरी २० मा लडाकूहरूले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए । त्यही बेलामा धेरै लडाकूहरूलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो ।
लडाकू र सुरक्षाकर्मीहरूका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौं मानिस विस्थापित भएका छन् ।