News in Nepali

जापान सरकार द्वारा नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता

Lumbinikhabar Online

नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग महत्वपूर्ण सावित हुने विश्वास लिदै जापान सरकारले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ ।

२१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपान सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थसचिव मधुकुमार मरासिनीले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान प्रत्रमा हस्ताक्षर गरेका छन् । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?