News in Nepali

इन्डोनेसियामा दुई समूहबीचको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु कयौं घाइते

Lumbinikhabar Online

इन्डोनेसियामा मंगलबार बिहान एक रात्रि क्लबमा भएको दुई समूहबीचको आपसी झडपमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ ।

स्रोतका अनुसार सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरूबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एकजनाको ज्यान गएको थियो ।त्य सपछि त्यहाँ रहेका अरू पनि भिडन्तमा उत्रिएका थिए ।

उक्त झडपपछि क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरू कैयौँ नागरिक घाइते पनि भएका छन् । सो रात्रि क्लबको बाहिर पार्किङ गरी राखिएका कारहरूमा पनि आगजनी गरिएको छ ।

 

Tags

छुटाउनु भयो कि ?