News in Nepali

दक्षिण अफ्रिकाबाट उडेको विमानको नोज ह्वील सेक्शनमा लुकेका एक व्यक्ति नेदरल्यान्ड्समा जीवितै भेटिए

Lumbinikhabar Online

दक्षिण अफ्रिकाबाट उडेको विमानको पाङ्ग्रामा लुकेका एक व्यक्ति नेदरल्यान्ड्समा जीवितै भेटिएका छन् ।

उक्त विमानको नोज ह्वील सेक्शनमा जीवितै भेटिएका ती व्यक्तिलाई सामान्य अवस्थामै अस्पताल पुर्याइएको थियो । समाचार एजेन्सी एफीएफका अनुसार व्यक्तिको उमेर र राष्ट्रियता भने अझै खुल्न सकेको छैन ।

जोहानेसबर्गबाट एम्स्टर्डमसम्मको उडान झन्डै ११ घण्टा लामो हुन्छ । कार्गाे विमान केन्याको नैरोबीमा एक पटक रोकिएको बीबीसीले जनाएको छ ।

उच्च उचाइमा चिसो र कम अक्सिजनका कारण लामो उडानमा स्टोवावे अर्थात् पाङ्ग्राको खण्डमा लुकेर यात्रा गर्नेहरू बाँच्नका लागि यो असामान्य भएको र ती मानिस अझै जीवित हुनु असाधारण भएको बताइएको छ ।

डच प्रसारक एनओएसका अनुसार ती व्यक्तिको शरीरको तापक्रम घटनास्थलमा बढेको पाइएको र उनले साधारण प्रश्नको जवाफ दिएका थिए । ती व्यक्ति दक्षिण अफ्रिका वा केन्याबाटा विमानमा चढेका थिए भन्नेबारेमा केही जानकारी नभएको नेदरल्यान्ड्सको उडान तथ्याङ्कले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?