प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेको भनी आलोचना भएपछि
मधेश प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ ।
संघीय सरकारले ३१ जेठ २०७७ मा नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेपछि यसको आलोचना भएको थियो ।
त्यसपछि लगत्तै आइतबार नै नेपालको चुच्चे नक्सा राखेर राजपत्र पुन: प्रकाशन गरिएको स्रोतले जनाएको छ ।