News in Nepali

दाङमा लागूऔषध र लेनदेन मुद्दामा फरार रहेका दुई जना पक्राउ

Lumbinikhabar Online

दाङमा लागूऔषध र लेनदेन मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-३ का ४० वर्षीय टेकबहादुर नेपाली र सोही ठाँउका ५३ वर्षीय नैनबहादुर कामीलाई पक्राउ गरेको हो ।

दाङ देउखुरी जिल्ला अदालतले नेपालीलाई २०७८ साल बैसाख १५ गते लागूऔषध मुद्दामा दुई वर्ष कैद सजाय र एक लाख जरिवाना तोकेको थियो भने कामिलाइ अदालतले ०७६ असार ४ गते लेनदेन मुद्दामा एक वर्ष कैद फैसला सुनाएको थियो ।

पक्राउ गरिएका दुवैजनालाई शुक्रबार दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको प्रहरीले बताएको छ ।

 

Tags

छुटाउनु भयो कि ?