News in Nepali

अमेरिका र चीनलाई वार्ता गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको आह्वान

Lumbinikhabar Online

विश्वलाई दुई भागमा विभाजन गर्नबाट जोगिनुपर्ने भन्दै
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गर्नुभएको छ ।

वासिङ्टनको चीनसँग वर्षौँ पुरानो प्रविधि विवादका विषयमा गुटेर्रेसले आफू सधैँ एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको पक्षमा रहेको बताएको स्रोतले जनाएको छ ।

हरेक राष्ट्रको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट, आफ्नै प्रभावशाली मुद्रा, आफ्नै इन्टरनेटको साथ र आफ्नै प्राविधिक रणनीति रहेको भन्दै महासचिव गुटेर्रेसले विश्वका दुई ठूला अर्थतन्त्रलाई वार्ताको माध्यमबाट व्यापार र प्रविधिमा साझा आधार खोज्न आह्वान गर्नुभएको छ ।

गुटेर्रेस आफुले अमेरिका र चीन दुवैसँग गम्भीर संवाद र वार्ताको महत्त्वमा वकालत गरिरहेको उहाँको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?