भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको भन्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आपत्ती जनाएका छन् ।
ज्ञवालीले सामाजिक संजाल मार्फत, ‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ, यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ ।’ उनले अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द हुनुपर्ने पनि बताएका छन् ।
मधेश बलिदान दिवसको अवसरमा बिहीबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री यादवले सीके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन् ।