News in Nepali

घानामा शक्तिशाली विस्फोटमा परि मृत्यु हुने मानिसको संख्या १७ पुग्यो ५९ जना घाइते

Lumbinikhabar Online

अफ्रिकी देश घानाको एपीएटमा भएको शक्तिशाली विस्फोटमा परि १७ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन् । स्रोतका अनुसार यो आकडा पुर्ण नभएको र विस्फाेटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ ।

प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । प्रहरीका अनुसार सुन खानीको रुपमा चिनिने सहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको खबरमा उल्लेख छ । विस्फोट पछि धुलो र धुवाँको मुस्लो उडेको तस्बिर सार्वजनिक भएको छ ।

विस्फाेट पछि कयौँ भवन भत्किएका छन् भने भग्नावशेषमा केही पुरिएका आशङ्का गरिएको छ। घानाका राष्ट्रपतिले नाना अकुफो अड्डोले भग्नावशेषमा पुरिएकाहरुको उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको बताउनु भएको छ।

Tags

छुटाउनु भयो कि ?