News in Nepali

`निर्वाचनबारे कुनै पनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ’ : महामन्त्री थापा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पालिकामा जनप्रतिनिधि विहीनताको अवस्था संविधानले कल्पना नगरेको बताउनुभएको छ ।

पालिकाको चुनावको मिति तेक्न निर्वाचन आयोगले दवाब दिइरहँदा पनि सरकारले कुनै निर्णय नगरेको बेला नेपाली कांग्रेसका महामन्त्री थापाले पालिकामा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताउनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखिरहेका बेला कांग्रेस महामन्त्री थापाले बिहीबार ट्विट गर्दै‘ हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनै पनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।’ भनेका छन् ।

Tags

छुटाउनु भयो कि ?