News in Nepali

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियु द्वारा प्रदर्शन

Lumbinikhabar Online

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।

बुधबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । एक लिटर डिजल र मट्टीतेलको मूल्य १२२ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?