उज्वेकिस्तानको तास्कन्दमा जनवरीमा २० मा सुरु हुन लागेको एएसबीसी यू-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी महिला खेलाडी सुस्मा तामाङ जान नपाउने भएकी छन् ।
खेलमा सहभागीताका लागि तय गरिएको योजना अबरुद्ध भएको छ । मंगलबार राति पीसीआर परीक्षणमा कोभिड-१९ पोजेटिभ रिपोर्ट आएकाले उनी जान नपाएको नेपाल बक्सिङ संघले बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।
सुस्मा जान नपाउने भएपछि च्याम्पियनसिपमा नेपालको सहभागिता नहुने भएको नेपाल बक्सिङ संघले जनाएको छ । संघका अनुसार खेलाडी सुष्माको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।