कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो फेसबुक पेज मार्फत आफु सहित आफ्नो परिवारका सबै सदस्य कोरोना संक्रमित भएको जनाएका छन् ।
शर्माले कोरोनाको लक्षण देखिएपछि मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा सपरिवारमा कोरोना पोजेटिभ देखिएको बताए ।
सार्वजनिक कार्यक्रममा सतर्कता नअपनाउँदा आफू कोरोना संक्रमित हुनुपरेको प्रति उनले आत्मालोचना पनि गरेका छन् । शर्माको परिवारमा उनकी श्रीमती र दुई जना छोराछोरी छन् ।