भारतमा एकै दिन दुई लाख ८२ हजार ९७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै ४४१ जना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसरी दिन प्रतिदिन कोरोनाको सङ्क्रमणको दर बढी रहदा
हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् । यसबाहेक, कोभिड संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ
।