प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
सम्बोधनको मिति र समय भने तय भइसकेको छैन ।
सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् । सोही दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रधानमन्त्रीको सम्बोधनमार्फत् सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक गरिने स्रोतले जनाएको छ ।