गायक तथा सङ्गीतकार योगेश काजीले गायक दुर्गेश थापालाई गीत चोरीको आरोप लगाएका छन । आज आफ्नो फेसबुक मार्फत जानकारी दिदै गीतका गायक समेत रहेका योगेशले लेखेका छन , “हिजो रिलिज गरेको मेरो गित ‘पानी खोलिको’को अडियो छ महिना अगाडि नै ONErpm बाट विभिन्न डिजिटल प्लेट्फम मा दुर्गेश थापा भाइले हालेछन।
यो अधिकार तिमिलाई कसले दियो ?
बिना कुनै सम्झौता सुन्न को लागि दिएको गितलाई यसरी चोरी गर्नु अपराध हो। छलकपट हो घात हो अहिले मेरो युटुब मा Monitization Off भएको छ र Google Adsence बाट हुने मेरो आयस्रोत बन्द भएको छ।।।।।बाकी कुरा बिस्तार मा बताउने छु।”
आफ्नो स्वरमा माघ १ गते सार्वजनिक भएको गीत ‘पानी खोलिको’ गायकले आफ्नो युट्यूब च्यानल वाइटीएच इन्टरटेनमेन्ट बाट रिलिज गरेका थिए । धेरै उत्साह र उमङ्ग का साथ बजार मा ल्याउने बित्तिकै अडियो कपिराइट लागे पछि गायक निराश बने ।
योगशेका अनुसार गायक दुर्गेश थापाले सात महिना अगाडि नै योगेशको यो गीत उनीसँग कुनै पनि प्रकारको सहमती तथा सम्झौता नगरी आफ्नो युट्युवमा अपलोड गरेका रहेछन् । जसबाट योगेश लाई प्राप्त हुने सम्पुर्ण रेभिन्यु अहिलेका लागि बन्द भएको छ । यसरी गीत संगीत क्षेत्रमा गीत चोरी हुनु नौलो नभए पनि सर्जकले आफ्नो मिहिनेतले तयार पारेका श्रृजना आफ्नै सहकर्मी साथीभाईबाट बिना जानकारी राईट लिने प्रयासको घोर भत्र्सना गर्छु उनले बताए । यथाशिघ्र उक्त गीत फिर्ता नगरे आफु बाध्य भएर कानूनी परामर्शमा जाने उनले जानकारी दिए ।