News in Nepali

नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

Lumbinikhabar Online

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भएका छन् ।

३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयलाई अदालतले कायम राखेको जनाइएको छ

गएको शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचका कारण अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्दको निर्णय गर्नुभएको थियो ।

अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएको छ । तर जोकोभिचले खोप नलगाएको पाइएको छ ।

हिजो उनलाई पुनः हिरासतमा लिइएको थियो । भोलिदेखि सुरु हुन लागेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा जोकोभिचले पहिलो चरणमा सर्बियाकै खेलाडीसँग खेल्ने तालिका थियो ।

Tags

छुटाउनु भयो कि ?