News in Nepali

भारतमा विषाक्त मदिरा सेवन गरि कम्तिमा ८ जनाको मृत्यु

Lumbinikhabar Online

शनिबार भारतको नालन्दा जिल्लामा विषाक्त मदिरा सेवन गरि ८ जनाको मृत्यु भएको छ । त्यस्तै २ जनाको अवस्था गम्भीर भएका कारण अस्पताल भर्ना गरिएको छ ।

मृतकहरू छोटी पलरी र पहार टल्लीका बासिन्दा रहेको प्रहरीको भनाइ छ । शुक्रबार काम गरेर घर फर्किएपछि सँगै रक्सी सेवन गरेका श्रमिकको मृत्यु भएको हो ।

विषाक्त रक्सी सेवनबाट अन्य मानिस गम्भीर बिरामी भएका कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

प्रतिबन्ध लगाइएको छ । तर शुक्रबार भएको घटना विगत ६ महिनाको अवधिमा भएको सातौं हो । उक्त अवधिमा विषाक्त रक्सी सेवनबाट ४० भन्दा बढीको ज्यान गइसकेको छ ।

Tags

छुटाउनु भयो कि ?