News in Nepali

१३ करोड कर छलेर भाग्न खोज्दा क्यासिनोका निमित्त सीईओ पक्राउ

Lumbinikhabar Online

क्यासिनोको कर नतिरी भाग्न लागेका माइक बोल्सोभरलाई पक्राउ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सीईओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

सर्वोच्च अदालतको आदेश विपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएका त्यस कम्पनीका सीईओ राजस्व बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रति क्यासिनो ६ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि नेपाल छोड्न रोक लगाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

 

Tags

छुटाउनु भयो कि ?