टप खबर

सुर्खेतमा स्मार्ट लकडाउन

Lumbinikhabar Online

सुर्खेतमा शनिबार राति १२ बजेदेखि स्मार्ट लकडाउन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु भएको जनाएको छ ।

कार्यालयको आदेशअनुसार अब २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ गतेदेखि खोप कार्ड देखाउनुपर्नेसमेत भनिएको छ ।

यस्तै, कार्यक्रम सञ्चालन गर्नका लागि प्रशासनको अनुमति लिनुपर्ने, माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्नुपर्ने, सुरक्षा मापदण्ड अपनाई परिक्षा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?