पोखरा रंगशालास्थित दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधी एपीएफले जितेको छ ।
शनिबार भएको फाइनलमा एपीएफले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै लिग चरणमा बेहोरेको हारको बदला समेत लियो । एक पक्षीय जस्तै बनेको फाइनलमा एपीएफले आर्मीलाई २५-२३, २५-१५, २५-२० ले हरायो ।
बिजेता एपीएफले उपाधिसँगै नगद तीन लाख प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।