नेपालले अफगानिस्तानलाई मानवीय सहायता गर्ने भएको छ। स्रोतका अनुसार खाद्यान्न, लत्ताकपडा र औषधी बोकेर आइतबार बिहान हिमालय एयरलाइन्सको चार्टर्ड जहाज काबुल जाँदैछ।
तालिबानले सत्ता कब्जा गरेपछि चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका बेला नेपालले पनि अफगान जनतालाई केही राहत होस् भनेर सहायता पठाउन लागेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाली जनताका तर्फबाट अफगान जनतालाई सहयोग गर्न लागिएको हो ।