News in Nepali

नेपालको हिमाली जिल्ला कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो

Lumbinikhabar Online

नेपालको हिमाली जिल्ला कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । आज बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

पछिल्लो चरणमा कोभिड–१९ बाट सङ्क्रमितमध्ये छ महिला र सात पुरुष रहेका छन् । विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहर भयावहरुपमा लिएको छ ।

जिल्लामा हालसम्म कोभिड–१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ८१ हजार १८१ रहेको र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३१३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

हालसम्म कालीकोटमा कूल जनसङ्ख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसङ्ख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएको जानकारी प्राप्त भएको छ ।

Tags

छुटाउनु भयो कि ?