केही दिन यता स्वास्थ्य सँस्थामा आबद्ध कर्मचारीहरुमा कोरोना संक्रमण बढ्दो छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।
यसरी स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आउने चिकित्सकहरु बताउँछन् । हाल वीरमा ५३ जना संक्रमितको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार ५ सय बेडसम्म सञ्चालन गर्न सकिने छ । तीन सय जनरल, दुई सय एचडीयू, एक सय आईसीयू सञ्चालन गर्न सकिने बताइएको छ ।