भक्तपुरमा ट्याटु खोप्न पालो पर्खिरहेका बेला एक्कासी लडेर एक ३३ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका विराज खड्का रहेको प्रहरीले जनाएको छ ।
अचेत भएर लडेका उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको र घटनाबारे विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।