संलग्नताबारे आएका विवादित विषयमाथि सरकारले निष्पक्ष छानविन गर्नुपर्ने जनाएको छ ।
पछिल्लो समय नारायणहिटी दरबार संग्राहलयमा क्याफे निर्माणको विषयलाई लिएर बतास अर्गनाइजेशन चर्चा भैरहेका बेला उक्त अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले सात बुँदे स्पष्टीकरणसहित विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पनि सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्नुभएको छ ।
बतास अर्गनाइजेशनले विज्ञप्तिमार्फत नै आफूले गैर कानुनी ढंगले निर्माण कार्य गरेको भए कारबाही गर्न सरकारलाई चुनौती दिएको छ ।
यस्तै राजनीतिक व्यक्तित्वहरुसँगको अनैतिक संलग्नता भन्ने हल्ला पनि गलत भएको बतास ग्रुपले प्रष्ट पारेको छ ।
नारायणहिटीसँगै बतास संलग्न रहेको नेपाल भारतमैत्री पशुपति धर्मशाला, पाटन दरबारक्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामाग्री केन्द्र, सेती नदी अन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माण आदिका बारेमा बतास अर्गनाइजेशनले विज्ञप्तिमार्फत स्पष्टिकरण दिएको छ ।