नेपालमा कुल जनसंख्याको ५०.२ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन् ।
यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। जुन कुल जनसंख्याको ३७.३ प्रतिशत हो।
तर लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन्। १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन्।
१८ वर्ष माथिका ५६.९ प्रतिशत मानिसहरूले भने खोपको पूरा डोज लगाएका छन्। अर्थात १८ वर्ष माथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन्।
मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।