News in Nepali

बेमौसमी बर्षा संगै परेको असिनाका कारण लाखौँ मूल्य बराबरको हिउँदेबालीमा नोक्सानी

Lumbinikhabar Online

डोटिको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पु-याएपछि किसान चिन्तित बनेका छन् ।

असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पु-याएको छ । अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?