News in Nepali

चमेरोका कारण ५ जनाको ज्यान गयो

Lumbinikhabar Online

अमेरिकामा चमेरोका कारण रेबिज फैलिँदा ५ जनाले ज्यान गुमाएका छन् । यो घटनालाई निकै गम्भीर रुपमा लिइएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको ज्यान गएको हो । सिडिसीको रिपोर्ट अनुसार गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु भएको थियो जसमा तीन जनाको मृत्यु रोग लागेको पाच सातामै भएको थियो ।

विश्वमा रेबिज रोग मुख्यतया कुकुरको टोकाइबाट सर्ने भएता पनि चमेराले टोक्दा पनि रेबिज फैलिन सक्दछ । रेबिज फैलाउने चमेरालाई रेबिड ब्याट्स भनिन्छ

Tags

छुटाउनु भयो कि ?