News in Nepali

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको पुष्टि

Lumbinikhabar Online

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

सोमबार बिहान पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । मन्त्री पौडेलको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्रोतले जनाएको छ । रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले सेल्फ आइसोलेशनमा बस्दै आएका थिए ।

पछिल्लो समयमा धेरै नेता तथा कार्यकर्ताहरु कोरोना संक्रमित हुनेक्रम बढ्दो छ तर जटिल अवस्था भने खासै कसैलाई देखिएको छैन ।

Tags

छुटाउनु भयो कि ?