मंगलबार देखि काठमाडौं र ललितपुरका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई उक्त खोप । दिइने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंका अनुसार जिल्लाका करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ । ललितपुरले पनि मंगलबारदेखि ६ वटै स्थानीय तहका बालबालिकालाई फाइजर खोप दिने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ७१ हजार ३०१ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ । खोप केन्द्र तोक्ने जिम्मेवारी लागि भने स्थानीय तहलाई नै हुने छ ।