News in Nepali

झारफुक केन्द्रमा १४ वर्षीया बालिकाको मृत्यु

Lumbinikhabar Online

काठमाडौंको नागार्जुन नगरपालिका-१स्थित उमा शाही ठकुरीले सञ्चालन गरेको झारफुक केन्द्रमा १४ बालिकाको
१४ वर्षीया बालिकाको मृत्यु भएको छ। उपचार गराउन भन्दै धामी-झाँक्रीकोमा लगेकी उक्त बालिकाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमा बस्दैआएकी रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको हो । प्रहरीका अनुसार बालिका बिरामी थिइन्। कसैबाट झारफुक केन्द्रको बारेमा थाहा पाएर बालिकालाई २१ दिनअघि आमाले त्यहाँ लगेकी थिइन्। ठकुरीले छोरीको उपचार गराउने भन्दै बालिकालाई छाडेर जान भनेपछि आमाले त्यहीँ छाडेर गएकी थिइन्।

शनिबार बिहान बालिका बेहोस भएपछि उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको गराएका थिए ।

शनिबार बिहान बालिका बेहोस भएको भन्ने जानकारी परिवारलाई गराइएको थियो। त्यसपछि बालिकाको उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो।

बालिकाको मृत्यु के-कसरी भएको हो भन्ने पोष्टमार्टमबाट थाहा पाइने प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने बालिकाको मृत्यु भएपछि प्रहरीले ठकुरीलाई पक्राउ समेत गरेको छ।

Tags

छुटाउनु भयो कि ?