दाङमा टिप्परको ठक्करबाट एक जना मोटर साइकल चाललको मुत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ५३ वर्षीय पदम बस्नेत रहेका छन् ।
घोराही उपमहानगरपालिका– ११ बुकालीडाँडा सडकमा लु.अअ.पु. १२५६ अस्थायी नम्बर भएको जिपलाई ओभरटेक गर्ने क्रममा रा १ प १८४० नम्बरको मोटरसाइकल सडकमा पल्टिएको बेला विपरीत दिशाबाट आइरहेको ना ६ ख ५३१२ नम्बरको टिपरले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१० का ५३ वर्षीय पदम बस्नेत घाइते भएका थिए । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा उपचारकाक्रममा शनिबार साँझ मुत्यु
भएको हो ।
दुइजना सवार रहेको उक्त मोटरसाइकल दुर्घटनामा परि घाइते भएका सोही ठाउँका टेकबहादुर बस्नेतको कोहोलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।