News in Nepali

सरकार संग लिपुलेक क्षेत्रमा भारतको सडक विस्तार कार्य रोक्न जनमोर्चाको माग

Lumbinikhabar Online

राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न जनमोर्चाले माग गरेको छ ।

आज जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्‍याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्माण कार्य रोक्न माग गरेका हुन् । यस विषयमा जनमोर्चाले विज्ञप्ति जारी गरेर औपचारिक रुपमा विरोध जनाए पनि अन्य राजनीतिक दलहरु मौन छन् ।

भारतको कब्जामा रहेका कालीपानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागलाई समेटेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ नक्सा जारी गरेको छ ।

Tags

छुटाउनु भयो कि ?