पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले तयारी गरेका छन् ।
स्वास्थ्य मन्त्रालयको प्राविधिक मार्गदर्शन र सिसीएमसीको निर्देशनअनुसार अगाडि बढ्ने उनीहरुको भनाइ छ । कोरोना संक्रमण पछिल्लो समय बढेको तर जनस्तरमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नभएकाले कोरोनाविरूद्ध खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र भिडभाड हुने ठाउँ नियन्त्रण गर्ने उनले उपत्यकाका सिडिओहरूको योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।