सभामुख अग्निप्रसाद सापकोटाले जनताको विश्वास र भरोसालाई धोका नदिने बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एस्तो बताएका हुन् ।
सभामुख सापकोटाले भने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।”
उक्त कार्यक्रममा साप्कोटाले सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त व्यक्त गर्दै पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताएका छन् ।