वीरगञ्जमा घर बनाउने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका छन् । घरको छतबाट फलामको रड तल झार्ने क्रममा एक हजार भोल्टको बिजुलीको तारमा छुन गई करेन्ट लागेको हो ।
घाइते हुनेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने ३८ वर्षीय शर्मा पटेल र वडा नं १६ नगवा बस्ने ४० वर्षीय राजेन्द्र पटेल रहेका छन् ।
शर्माको हातमा र राजेन्द्रको पिठ्युँमा करेन्ट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुको उपचार वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको छ ।