बाँकेमा बाघको आक्रमणबाट ३० बर्षीया महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरीको शनिबार बिहान जंगलमा पात टिप्न जानेक्रममा उनलाई बाघले आक्रमण गरेपछि मृत्यु भएको हो ।
चौधरीको लास मृत अवस्थामा जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
केही समय यता बाघको आक्रमण बढेको देखिन्छ । बिहीबार मात्रै राप्ती सोनारी वडा नं. ४ की ५२ वर्षीया महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।