News in Nepali

माघ ८ गते बस्ने गरि सर्यो माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक

Lumbinikhabar Online

पुस २५ गते बस्ने भनिएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गते बस्ने गरि सरेको छ।

आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ बैठक राखेको थियो । केही नेता बिरामी परेको र पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैठक सरेको बताइएको छ ।

स्रोतका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गरेका छन्।

Tags

छुटाउनु भयो कि ?