भारतको मिरगञ्ज स्थित पुल भासिएपछि सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ ।
विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो ।
जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न रोक लगाएको थियो । भारतीय पक्षले रोक लगाएका कारण विराटनगरतर्फ आइरहेका मालबाहक सवारी साधन पुल पारी नै रोकिएका छन् ।
मीरगञ्जको पुरानो पुल नजिकै चार लेन सडकलाई जोड्ने पक्की पुल पनि निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको पुलको काम चाँडै सके अर्काे रुट प्रयोग गर्नुपर्ने बाध्यता नरहेको व्यावसायी बताउँछन् ।