प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलहरू बीच बैठक चलिरहेको छ । गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूको उपस्थिति रहेको छ ।
उक्त बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।