News in Nepali

ललितपुरमा पिसाब फेर्ने क्रममा करेन्ट लागेर एक बस चालकको मृत्यु

Lumbinikhabar Online

ललितपुरमा करेन्ट लागेर एक बस चालकको मृत्यु भएको छ। कोञ्ज्योसोम-३ शंखु छापकमा ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो।

प्रहरीका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको बा ३ ख ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो।प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेको थाहा भएको थियो।

Tags

छुटाउनु भयो कि ?