भारतको एक अनलाइन एपमा मुस्लिम महिलालाई लिलामिमा राखेको आरोपमा तिनजना पक्राउ परेका छन् ।
‘बुल्ली बाई’ नामको उक्त अनलाइन एपमा तस्वीररसहित सयबढी मुस्लिम महिलालाई लिलामीमा राखेको आरोपमा उनिहरु पक्राउमा परेका हुन् ।
बुधबार मुम्बई प्रहरीको साइबर अपराध शाखाले ‘बुल्ली बाई’ एप प्रकरणमा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ गरेको पीटीआईले जनाएको छ । प्रहरीले उत्तराखण्डका २१ वर्षीय विद्यार्थी मायन्क रावललाई पक्राउ गरेको हो ।
रावल ‘बुल्ली बाई’ प्रकरणमा पक्राउ पर्ने तेस्रो व्यक्ति हुन् । प्रहरीले यसअघि सोमबार र मंगलबार गरी दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ । सोमबार बेङगलुरुबाट इन्जिनियरिङ पढ्दै गरेका २१ वर्षीय विशाल कुमार र मंगलबार उत्तराखण्डबाट १९ वर्षीया श्वेता सिंह पक्राउ परेका थिए। सिंहलाई उक्त काण्डकी प्रमुख पात्र ठानिएको भारतीय संचार माध्यमहरुले लेखेका छन् ।