News in Nepali

फिलिपे काउन्टिहो स्पेनिस क्लब बार्सिलोना छाड्ने मुडमा

Lumbinikhabar Online

फिलिपे काउन्टिहो स्पेनिस क्लब बार्सिलोना छाड्ने मुडमा पुगेका छन् । काउटिन्हो नयाँ क्लबको खोजीमा रहेको समाचार बाहिरिएसँगै एस्टन भिल्ला, एभर्टन र लिभरपुललगायत प्रिमियर लिगका क्लबहरूले उनलाई भित्र्याउने इच्छा व्यक्त गरेका छन् । यद्यपि, अहिलेसम्म उनका लागि औपचारिक अफर भने प्राप्त भइसकेको छैन ।

यता बार्सिलोना पनि काउटिन्होलाई बिदाइ गर्न चाहिरहेको छ । तलबको भार कम गरेर फेरान टोरेसलाई रजिस्टर गर्नुका साथै अन्य खेलाडीलाई पनि भित्र्याउन काउटिन्होको बहिर्गमन बार्साका लागि आवश्यक रहेको छ ।

२९ वर्षीय ब्राजिलियन खेलाडी मैदानमा समयको खोजीमा रहेका छन् । पछिल्ला दुई लिग सिजनमा उनले बार्साका लागि मात्र १३ वटा खेलमा सुरुवात गरेका छन् । उनको फुटबलको महत्त्वकांक्षालाई हेर्दै तत्कालै उनी ब्राजिल फर्कने सम्भावना कम रहेको छ ।

Tags

छुटाउनु भयो कि ?