News in Nepali

फेसन इरा कम्पनी काठमाडौँको आयोजनामा इभेन्ट कार्यक्रम सम्पन्न

Lumbinikhabar Online

शुक्रबार । फेसन इरा कम्पनी काठमाडौँको आयोजनामा इभेन्ट कार्यक्रम सम्पन्न भएको छ । म्युजिक सिटी हल काठमाडौँमा सम्पन्न भएको उक्त कार्यक्रममा केटा तर्फ सौरभ विक तथा केटि तर्फ आहना श्रेष्ठ विजयी भएका छन् ।
पैतिस जना प्रतिस्पर्धि रहेको उक्त कार्यक्रममा निर्देशक अनुप चापागाईं,अभिनेत्री किरण चन्द, निर्माता रबिन महतोले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

अन्य प्रतिस्पर्धीहरुमा फस्ट रनर अप एरिक श्रेष्ठ/रश्मी बुढाथोकी, सेकेन्ड रनर अप सुदीप कार्की/स्वर्ग उपाध्याय , थर्ड रनर अप राजकुमार परियार/नैना गुरुङले सो स्थान हासिल गर्नुभएको छ ।

कार्यक्रमका विजेताहरुले एक लाख रुपैयाँ बराबरको पुरस्कार सहित उक्त कम्पनीमा एक वर्षको लागि ब्रान्ड एम्बेसडर हुन पाउनेछन् । म्युजिक भिडियो तथा अन्य कामका लागी थाईल्याण्डको दुबै तर्फी उडान टिकट निशुल्क प्राप्त गर्ने छन् ।

 

Tags

छुटाउनु भयो कि ?