News in Nepali

विश्वका पाँच ठुला राष्ट्रहरु बिच परमाणु युद्धको सम्भावना अन्त्य गर्ने बारे सहमति

Lumbinikhabar Online

विश्वका पाँच ठुला राष्ट्र अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको विस्तार र परमाणु युद्धको सम्भावना अन्त्य गर्नेबारेमा सहमति जनाएका छन् ।

सोमवार रुसको तर्फबाट जारी गरिएको पाँच देशको साझा विज्ञप्तिमा परमाणु हतियारको विस्तार र दुई परमाणु हतियार भएका देश युद्धको स्थितिबाट बच्नुपर्ने भनिएको बीबीसीले लेखेको छ ।

यी पाँच देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । परमाणु शक्तिबीच युद्धबाट बच्न र रणनीतिक जोखिम कम गर्न आफूहरूको प्राथमिक जिम्मेवारी भएको यी देशले मानेका छन् ।

आपसी विश्वास बढाउन सहयोग गर्ने समन्वय–सहयोगले ठूला शक्तिबीच प्रतिस्पर्धालाई परिवर्तन गर्न र परमाणु हतियार नियन्त्रण र निरस्त्रीकरणका लागि आ-आफ्नो क्षेत्रबाट दृढ सङ्कल्पलाई आत्मसात गर्ने यी राष्ट्रहरुको आशय छ ।

Tags

छुटाउनु भयो कि ?