नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई संसदको गैरलोकतान्त्रिक अवरोध अन्त्य गर्न आग्रह गरेको छ । एमालेले लामो समयदेखि संसद अवरोध गरेपछि माओवादी यो आग्रह गरेको हो ।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा विभिन्न ४५ बुँदे प्रस्ताव पारित गर्ने क्रममा एमालेको यो गतिविधि लोकतन्त्र विरोधि भएको भन्दै यथाशीघ्र संसद सुचारु गर्न माग गरेको छ।