कोलम्बियामा दुई वटा विद्रोही समूहबीच झडपमा हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । भेनेजुएलासँगको सिमाना नजिकै झडप परि उनिहरुको ज्यान गएको हो ।
कोलम्बियाको पूर्वी क्षेत्रमा अवस्थित अराउका नगरमा आइतबार भएको झडपमा मारिनेमध्ये अधिकांश फार्क र इएलएनका सदस्य रहेको जनाइएको छ ।
कोलम्बियाको राष्ट्रपति कार्यालयले आधिकारिक विवरण सार्वजनिक नगरेको कारण थप तथ्य खुल्न सकेको छैन ।
फार्क र इएलएन दुवै कम्युनिस्ट विद्रोही समूह हुन् । सन् २०१६ मा सरकारसँग शान्ति सम्झौता भएपछि फार्कले हतियार बिसाइसकेको छ भने इएलएनले सशस्त्र संघर्ष जारी राखेकोतर सरकारसँग भएको शान्ति सम्झौता अस्वीकार गर्दै आएका फार्कका केही सदस्यले २०१८ मा पुन: हतियार उठाउने घोषणा गरेका थिए । सोही असन्तुष्ट समूहसँग आइतबार इएलएनको भिडन्त भएको हो ।